सल्यानमा १० दिन निषेधाज्ञा थप

सल्यान १५, जेठ ।
सल्यानमा दश दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा शनिवार वसेको जिल्ला कोभिड १९ व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा जेठ २६ गते राती १२ वजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको हो ।
यसअघि जिल्लामा जेठ १६ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाइएको थियो । जिल्लाभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको तथा जिल्लामा संक्रमित हुने र मृत्यु हुनेको दर उच्च रहकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभएको छ ।

बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर कोही पनि ननिस्कन एवम् हिडडुल नगर्न र अत्याबश्यक खाद्यान्न तथा बस्तु खरिदका लागि निस्किनै परेमा मास्कको प्रयोग गर्न तथा भौतिक दुरी कायम गर्न अनुरोध गरेको छ । यस्तै अत्याबश्यक खाद्यान्नका पसलहरु दैनिक बिहान ६ वजे देखी ९ वजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै जिल्लाभर मान्छेको भिडभाड हुने खालका कार्यक्रम गर्न नपाइने, बिवाह, ब्रतबन्ध लगाएतका कार्यका लागि बढीमा १० जना सहभागि हुन पाउने, बिवाहको सवारीमा ५ जनासम्म जान पाउने तथा मृत्युसंस्कार कार्यमा बढीमा १५ जना सम्म सहभागि हुन पाउने निर्णय भएको छ ।

जिल्ला कोभिड १९ व्यबस्थापन केन्द्र सल्यानको बैठकका निर्णयहरु :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस