सल्यान १६, जेठ ।
संघिय सरकारले सल्यान जिल्लाका लागी तीन अर्व रुपैँया बढी बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले शनिवार सार्वजनिक गरेको बजेटमा सल्यानका दश स्थानीय तहका लागी रु. ३ अर्व १५ करोड ४८ लाख रुपैँया विनियोजन गरिएको छ ।
सल्यानमा तीन नगरपालिका र सात गाउपालिका गरेर दश स्थानिय तह रहेका छन् । जसमा तीन नगरपालिकामा रु. १ अर्व १६ करोड ८० लाख र सात गाउँपालिकामा रु. १ अर्व ९८ करोड ६८ लाख बजेट विनियोजन भएको छ । जसअन्र्तगत बागचौर नगरपालिकामा रु. ४१ करोड ९२ लाख, शारदा नगरपालिकामा रु. ३९ करोड ४५ लाख र बनगाड कुपिण्डे नगरपालिकामा रु. ३५ करोड ४३ लाख विनियोजन भएको छ ।
यस्तै कुमाख गाउँपालिकामा रु. ३२ करोड ६० लाख, कालिमाटी गाउँपालिकामा रु. ३१ करोड ५ लाख, छत्रेश्वरी गाउँपालिकामा रु. २९ करोड ७९ लाख, कपुरकोट गाउँपालिकामा रु. २८ करोड ५९ लाख, दार्मा गाउँपालिकामा रु २८ करोड १५ लाख, त्रिवेणी गाउँपालिकामा रु. २७ करोड ६२ लाख र सिद्ध कुमाख गाउँपालिकामा रु. २० करोड ८८ लाख बजेट विनियोजन भएको छ ।
जिल्लाका दश स्थानिय तह मध्ये सबैभन्दा धेरै बागचौर नगरपालिकामा र सबै भन्दा कम सिद्ध कुमाख गाउँपालिकामा वजेट विनियोजन भएको पाइएको छ । चाुल आर्थिक वर्ष २०७७÷०७८ मा सल्यानका दश स्थानीय तहका लागी रु. २ अर्व ९७ करोड ८४ लाख रुपैँया विनियोजन गरिएको थियो । चालु बर्षको भन्दा आगामी बर्र्ष १७ करोड ६४ लाख रुपैँया बढी वजेट सल्यानलाई प्राप्त भएको छ ।
वजेट विवतरण :