शारदा नगरपालिकामा जेठ मसान्त भित्र बिद्यार्थीको नतिजा प्रकाशन गरिने

सल्यान १७, जेठ ।
कोरोना संक्रमणका कारण बार्षिक परिक्षा सञ्चालन गर्न नसकिएको भन्दै सल्यानको शारदा नगरपालिकाले निरन्तर मूल्यांकन र यस अघिका परिक्षाको आधारमा नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमवार वसेको नगर शिक्षा समितिको बैठकले विद्यार्थीलाई भौतिकरुपमा उपस्थित गराई परिक्षा सञ्चालन गर्न नसकिने अबस्था रहेकाले निरन्तर मूल्यांकन र प्रथम त्रैमासिक एवं अर्ध बार्षिक परिक्षाको आधारमा मल्यांकन गरि जेठ मसान्त सम्म नतिजा प्रकाशन गरिसक्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण गत बर्ष पनि यसरी नै बार्षिक परिक्षाको नतिजा तयार पारिएको थियो । जस अनुसार कक्षा १ देखी ३ सम्म गतबर्ष झै निरन्तर मूल्यांकनका आधारमा नतिजा तयार पारिने भएको छ । यस्तै कक्षा ५, ६, ७ र ९ को पनि गतबर्ष झै निरन्तर मूल्यांकन, प्रथम त्रैमासिक र अर्धबार्षिक परिक्षामा प्राप्त गरेको अंकको आधारमा नतिजा प्रकाशन गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर ववालले जानकारी दिनुभयो ।

यस्तै कक्षा ८ को सन्दर्भमा अरु कक्षाको जस्तै मुल्यांकन विधि अपनाइ बिद्यार्थीको सैद्धान्तिक तथा प्रयोगात्मक अंक आइइएमआइएस प्रणालीमा जेठ मसान्त सम्म प्रविष्ट गर्ने र सोको हार्ड कपि सम्वन्धित प्रधानाध्यापकले प्रमाणित गरेर शिक्षा शाखामा पठाउन शारदा नगरपालिकाले अनुरोध गरेको छ ।

शारदा नगरपालिकाको बार्षिक परिक्षा सम्बन्धि सुचना :

प्रतिक्रिया दिनुहोस