सल्यान २०, जेठ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को संक्रमण जिल्लामा तिब्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ को संक्रमण रोकथाम तथा उपचारमा सहयोग पुर्याउनको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जसअन्र्तगत स्वास्थ्य सेवा कार्यालय सल्यान, स्थानिय तह, जिल्लाका सुरक्षा निकाय र रेडक्रसका बिभिन्न उपशाखाहरुमा सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सल्यान शाखाले बुधवार मात्रै १४ हजार २ सय २० थान मास्क, ३ लिटर स्ोनिटाइजर, २० थान पिपिइ, २ थान अक्सिजन कन्सन्ट्रेटर र १२ थान डेड बोडी बेग हस्तान्तरण गरेको छ । जसमा जिल्ला अस्पताल सल्यानलाइ सर्जिकल मास्क १ हजार थान, एन नाइन्टी फाइभ मास्क १५० थान, पिपिइ २० थान, अक्सिजन कन्सन्ट्रेटर र डेड बोडी बेग १२ थान हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ र डा. भीमकान्त जैसी, रेडक्रसका मन्त्री किशोर कुमार हमालको उपस्थितिमा शाखाका सभापति यौवन प्रकाश श्रेष्ठले अस्पताल विकास समितीका अध्यक्ष सिपिवलीलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । यस्तै कपुरकोट गाउपालिका, त्रिबेणी गाउँपालिका, छत्रेश्वरी गाउपालिका र रेडक्रस सोसाइटीका उपशाखाहरु रिम, लुहाम, काभ्रा र लेखपोखरामा मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको सबुज गण सिमखर्क, शसस्त्र प्रहरी वल, जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकामा पनि मास्क उपलव्ध गराइएको छ । यो अभियान अन्र्तगत जिल्लाका १० वटै स्थानिय तह र १२ वटा उपशाखाहरुलाइ स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने रेडक्रस सोसाइटी सल्यानले जनाएको छ ।