सल्यानका १४ जनामा कोरोना पुष्टि : १३ जना डिस्चार्ज

सल्यान २०, जेठ ।
सल्यानका थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर ३४ जनाको एन्टिजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको हो । यससँगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ८ सय ४७ पुगेको छ । यस्तै जिल्ला अस्पताल सल्यानमा १५ जना, संस्थागत आइसोलेसनमा २४ जना र होमआइसोलेसनमा ८ सय ८ जना रहेको कार्यालयले जनाएको छ ।

यस्तै पछिल्लो समय १३ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लाभर गरेर १३ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएको कार्यालयले जनाएको छ । यससँगै बैशाख यता जिल्लामा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ९ सय ४९ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित