त्रिबेणी गाउपालिका ४ मा ३५ वटा बोकाबाख्रा हस्तान्तरण

सल्यान २१, जेठ ।
सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ मा बोकाबाख्रा हस्तान्तरण गरिएको छ । संघिय सरकारको बाख्राको साना ब्यवसायिक पकेट बिकास कार्यक्रम अन्तर्गत त्रिवेणी गाँउपालिका वडा नम्बर ४ मा रहेको नमुना सामाजिक उद्यमी महिला सहकारी सस्थालाई उन्नत जातको बोका र स्थानिय जातका बाख्रा हस्तान्तरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष करुणा खड्का, वडा अध्यक्ष छबिराज शर्मा, वडा सदस्य पार्वती दर्लामी, सीता विष्ट, कृषि अधिकृत अमर बबालको उपस्थितिमा ६ वटा उन्नत जातका बोका र २९ वटा स्थानीय जातका बाख्रा हस्तान्तरण गरिएको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ । बाख्राको साना ब्यवसायिक पकेट बिकास कार्यक्रमबाट कृषकहरुलाई तालिम, परजीवी नियन्त्रण तथा भिटामिन बितरण गर्ने लगाएतका कार्यक्रम रहेको त्रिबेणी गाउँपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस