सल्यानको लेखपोखराका युवाहरुको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण

[ लेखपोख्रेली युवाहरुको सामाजिक कार्य ]

सल्यान २१, जेठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखराका युवाहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । लेखपोखरामा जन्मथलो भइ देश तथा बिदेशमा रहेका युवाहरुको आर्थिक सहयोगमा प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा कोरोना रोकथाम तथा उपचार कार्यमा सहयोग पुग्ने गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको होे ।

देश तथा बिदेशमा रहेका झण्डै ३ दर्जन बढी युवाहरुको आर्थिक सहयोगमा अक्सिजन कन्सन्टे«टर, पिपिइ लगाएतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो । कोरोना भाइरसको दोस्रो लहरका कारण गाउँ गाउँमा संक्रमणको उच्च जोखिम रहेका बेला यसको रोकथाम र नियन्त्रण कार्यमा टेवा पुर्याउने उद्धेश्यले स्वास्थ्य सामाग्री खरिद गरेर हस्तान्तरण गरिएको एक युवा अभियान्ता याम बहादुर वलीले जानकारी दिनुभयो ।

उहाँले देश तथा बिदेशमा रहेका युवाहरुको इच्छाअनुसारको आर्थिक सहयोगमा ती स्वास्थ्य सामाग्री खरिद गर्न सफल भएको उहाँको भनाई छ । यस अभियान अन्र्तगत संकलन भएको ७ लाख ६६ हजार रुपैँयाबाट अक्सिजन कन्सन्ट्रेटर, पिपिइ सेट लगाएतका स्वास्थ्य सामाग्री खरिद गरिएको अर्का अभियान्ता याम बहादुर खत्रीले जानकारी दिनुभयो ।


जसमा अक्सिजन कन्सन्ट्रेटर, पिपिइ सेट, अक्सिमिटर, एन्टिजेन किट, मास्क, स्यानिटाइजर, थर्मोमिटर, फेस शिल्ड, ग्लोभ्स लगाएतका २० किसिमका सामाग्री रहेका छन् । ती सामाग्रीहरु मध्ये प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरालाई अक्सिजन कन्सन्टे«टर, पिपिइ सेट, कोरोना परिक्षण गर्ने एन्टिजेन किट, अक्सिमिटर, मास्क, स्यानिटाइजर, फेस शिल्ड, लगाएतका सामाग्री हस्तान्तरण गरिएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय, महिला स्वास्थ्य स्वयम्सेविका लगाएतकालाई पनि कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय बनाउनको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जसमा अक्सिमिटर, थर्मोमिटर, मास्क, स्यानिटाइजर लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । यस्तै लेखपोखराका बिभिन्न टोलहरु पुगेर मास्क, स्यानिटाइजर, साबुन लगाएतका सामाग्रीहरु वितरण गरिएको थियो ।

यस्तै सोही रकमबाट कोरोना परिक्षणका लागि थप एन्टिजेन किट खरिद गर्न लागिएको छ । यसैविच युवाहरुको सक्रियतामा नै लेखपोखरामा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा सरिक हुने र वडाभित्र कोरोनासंग मिल्दोजुल्दो लक्षण देखा परेमा परिक्षणका लागि पहल गर्ने तयारी समेत गरिएको छ । लेखपोखरामा मात्रै कोरोनाका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने दुई दर्जन बढीमा कोरोना पुष्टि भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस