सुआहारा दोश्रो कार्यक्रमद्धारा स्वास्थ्य सामाग्री वितरण

सल्यान २२, जेठ ।
नेपालमा पैmलिइरहेको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि सल्यानमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । युएसएआइडिको आर्थिक सहायोगमा दलित बिकास समाज सल्यानद्धारा सञ्चालनमा रहेको सुआहारा दोश्रो कार्यक्रमको तर्पmबाट स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो । जसमा कोभिड नियन्त्रणको लागी जिल्लामा अग्रणी भागमा खटिरहनु भएका महिला सामुदायीक स्वास्थ्य स्वयंसेबिकाहरु र स्वास्थ्यकर्मीहरुलाई २ लाख ४४ हजार ३३१ रुपैँया बरावरको स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ । जसअन्र्तगत मास्क र स्यानीटाईजर साथै आईसोलेसन केन्द्रमा खटिरहनुभएका स्वास्थ्यकर्मीहरुका लागी पिपिइ सेट पनि रहेका छन् ।

जिल्लामा रहेका ४ सय २४ महिला स्वास्थ्य स्वयंसेबीकाहरुलाई ५० ओटाका दरले जम्मा २१ हजार २ थान थान सर्जिकलमास्क र १ सय एमएलको १ बोतलका दरले ४ सय २४ बोतल स्यानीटाईजर र जिल्लाका सबै ४७ वटा स्वास्थ्य चौकीहरुका लागी ५० ओटाका दरले जम्मा २ हजार ३ सय ५० ओटा सर्जिकल मास्क र ५ सय एमएलको १ बोतलका दरले ४७ वटा स्यानीटाईजर प्रदान गरिएको छ ।

यस्तै जिल्लाका सबै पालिकामा रहेका आइसोलेसन केन्द्रका लागी पिपिई सेट बितरण हस्तान्तरण गरिएको छ । जस अन्तर्गत शारदा नगरपालिकामा ३५ सय थान सर्जिकल मास्क, ६३ बोतल १ सय एमएल र ७ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै पालिकामा संचालनमा रहेको आईसोलेसन केन्द्रका लागी २० थान पिपिई सेट प्रदान गरिएको छ ।

यस्तै बागचौर नगरपालिकामा ३ हजार थान सर्जिकल मास्क, ५४ बोतल १ सय एमएल र ६ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै ६ थान पिपिई सेट, बनगाड कुपिण्डे नगरपालिकामा ३५ सय थान सर्जिकलमास्क, ६३ बोतल १ सय एमएल र ७ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै ५ थान पिपिई सेट, कालिमाटी गाउपालिकामा २ हजार थान सर्जिकलमास्क, ३६ बोतल १ सय एमएल र ४ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थान पिपिई सेट, कपुरकोट गाउपालिकामा २ हजार ५० थान सर्जिकलमास्क, ३६ बोतल १ सय एमएल र ४ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थानपिपिई सेट प्रदान गरिएको छ ।

यस्तै त्रिबेणी गाउपालिकामा २ हजार थान सर्जिकल मास्क, ३६ बोतल १सय एमएल र ४ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थानपिपिई सेट, छत्रेश्वरी गाउपालिकामा २ हजार थान सर्जिकल मास्क, ३६ बोतल १ सय एमएल र ४ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थानपिपिई सेट, सिद्धकुमाख गाउपालिकामा १५ सय थान सर्जिकल मास्क, २७ बोतल १ सय एमएल र ३ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थानपिपिई सेट, दार्मा गाउपालिकामा २७ बोतल १ सय एमएल र ३ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थान पिपिई सेट र कुमाख गाउपालिकामा २५ सय थान सर्जिकल मास्क, ४५ बोतल १ सय एमएल र ५ बोतल ५ सय एमएलको स्यानीटाईजर साथै २ थानपिपिई सेट सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा प्रदान गरिएको छ ।

उक्त सामाग्रीहरु पालिका स्वास्थ्य शाखा मार्पmत सम्वन्धित स्वस्थ्य चौकी, महिला सामुदायीक स्वास्थ्य स्वयंसेबिकाहरु र आईसोलेशन केन्द्रहरुलाई प्रदान गरिने छ । यस क्रममा स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुले यस महामारीको अवस्थामा पालिकालाई सानै भएपनि सहयोग गरेकोमा कार्यक्रमलाई बिशेष धन्यबाद व्यक्त गरेका छन् ।

यस अवसरमा कोभिड १९ को रोकथामका लागी गरिने व्यवहारहरु मध्ये मास्कको प्रयोग गर्नेतरिका, संक्रमित भैसकेपछि होम आइसोलेशनमा बस्दा अपनाउनु पर्ने स्याहार तथा व्यवहार र कोभिड १९ का बिरामीमा देखिने मूख्य ५ लक्षण सहितका व्यानरहरु पनि सुचना सञ्चारका सामाग्रीको रुपमा जिल्लाका सबै पालिका स्वास्थ्यशाखाहरुलाई प्रदान गरिएको छ ।

जिल्लामा कोभिड १९ को महामारी रोकथामका लागी स्थानीय एफएमहरु मार्पmत विभिन्न जिंगलहरु प्रशारण भैरहेका छन भने, कार्यक्रममा अग्रपंत्तीमा कार्यरत कर्मचारीहरु मार्फत साप्ताहिक रुपमा १५ वटा १ हजार दिने आमाहरु भएको घरधुरी र १० वटा अन्य घरधुरीमा फोनको माध्ययमबाट परामर्श भैरहेको छ । गत बैशाख २० गते देखी यता हाल सम्ममा कुल १२५० वटा १००० दिने घरधुरी र ३७८ वटा अन्य घरधुरीमा परामर्श भैसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस