कोरोनाबाट बच्न सचेतना फैलाउदैँ मास्क र स्यानिटाइजर वितरण

सल्यान २२, जेठ ।
कोरोनाबाट बच्न सचेतना फैलाउदैँ सल्यानमा मास्क र स्यानिटाइजर वितरण गरिएको छ । नेपाल स्काउटद्धारा जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना बढाउदैँ जिल्लाका बिभिन्न स्थानहरुमा मास्क, स्यानिटाइजर र पोष्टर वितरण गरिएको हो । जसमा शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाका केही स्थानहरुमा ती सामाग्रीहरु वितण गरिएको नेपाल स्काउट कर्णाली प्रदेश समिति सदस्य तिलक खत्रीले जानकारी दिनुभयो ।


खासगरेर कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा यसको रोकथामको लागि अपनाउनुपर्ने उपाय लगाएतका बिषयमा स्थानियलाई सचेतिकरण समेत पारिएको उहाँको भनाई छ । यस्तै कोरोनाबाट बच्ने जनचेतनामुलक सन्देश सहितका पोष्टरहरु समेत टाँसिंएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित