कोरोना भाइरस रोकथामका लागि जनता संग नेपाली काँग्रेस अभियान सञ्चालन

सल्यान २२, जेठ ।
कोरोना भाइरस रोकथामका लागि भन्दै सल्यानमा जनतसंग नेपाली काँग्रेस अभियान सञ्चालन गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाका बिभिन्न वडाहरुमा सो अभियान सञ्चालन गरिएको हो । आज शनिवार देखी शुरु भएको अभियान सोमबार सम्म सञ्चालन हुने छ ।

कोरोनबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नागरिकलाई प्रेरित गर्ने उद्धेश्यले अभियान सञ्चालन गरिएको अभियानका संयोजक तथा तराई मधेस समन्वय विभागका केन्द्रीय सदस्य दुर्गा बहादुर गिरीले जानकारी दिनुभयो । अभियानका अबशरमा नागरिकहरुलाई कोरोनाबाट बच्न मास्क, स्यानिटाइजर लगाएतका सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।


यसैविच सो अभियानलाई सफल वनाउनको लागि बिभिन्न व्यक्तिहरुले सहयोग गरेको अभियानका अर्का संयोजक नेपाल तरुण दल क्षेत्र नम्बर २ सल्यानका सभापति यगराज वलीले जानकारी दिनुभयो । यसैसन्दर्भमा सन्देश फोटो स्टुडियो एण्ड सप्लायर्सका सञ्चालक बादल आचार्यले माक्स तथा सेनिटाईजर सहयोग गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस