विश्व वातावरण दिवसका अवशरमा सल्यान जेसिजद्धारा बृक्षारोपण

सल्यान २३, जेठ ।
विश्व बाताबरण दिवसको अबशरमा सल्यान जेसिजले बृक्षारोपण गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ स्थीत शारदा नदिको किनारमा बृक्षारोपण गरिएको हो । बातावरणको संरक्षण र हरियाली वनाउन टेवा पुगोस भन्ने उद्धेश्यले बिभिन्न प्रजातीका २० बढी बिरुवा रोपिएको छ । सो अबशरमा सल्यान जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि मोहन सारुले बिरुवा रोपेर शुरुवात गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस