सल्यानमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै

सल्यान २३, जेठ ।
सल्यानमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आज आइतवार ९ जना कोरोना संक्रमित थपिदा ८८ जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा पछिल्लो केही दिन यता संक्रमित हुनेभन्दा निको हुनेको दर बढेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा ८८ जना निको भएर डिस्चार्जभएसँगै जिल्लामा हालसम्म कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १ हजा ९ सय ६७ पुगेको छ । यस्तै बैशाख यता मात्रै जिल्लामा कोरोनालाई जितेर १ हजार २ सय १३ जना डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर ७३ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ६ सय ८ जना रहेका छन् । जसमा जिल्ला अस्पताल सल्यानमा ११ जना, संस्थतागत आइसोलेसनमा २२ जना र होमआइसोलेसनमा ५ सय ७५ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा हालम्म पिसिआर परिक्षण गर्दा १ हजार ४ सय २९ जना र एन्टिजेन परिक्षण गर्दा १ हजार १ सय ९३ जनामा गरेर २ हजार ६ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा भेटिएका कोरोना संक्रमित मध्ये झण्डै ७५ प्रतिशत निका भएका छन् । जिल्लामा हालसम्म कोरोनाका कारण ४८ जनाको मृत्यु भैसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस