फूल रोपेर फूलको नै आस गरेँ फल होइन !
म निम्छराले बास खोजेको हुँ महल होइन !!
बा’ले एकता गर्न कागजी दस्ताबेज त ल्याए,
यो पार्टी मिल्ने व्यावहारिक छलफल होइन !
जुत्ता किन्ने औकात नै नभएर मैले दौड हारेँ,
हेक्का राख्नु त्यो मेरो पराजय अविरल होइन !
जसले जनताले बनाएको संविधान जलायो,
उसले नै मन्त्रीको ताज पहिरनु असल होइन !
कालीले मेरो यो जवानीको मूल्य सोधेर गई रे ,
भनिदिनू यो मेरो इज्जत हो कुनै पसल होइन !
0000
सल्यानको कपुरकोट गाउँपालिका ५ रिम घरका लेखक घर्ती महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटामा अध्यापनरत हुनुहुन्छ ।