सल्यान २५, जेठ ।
सल्यानमा चौथो पटक एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना संक्रमण तथा मृतकको संख्या बढ्दै गएको भन्दै बैशाख महिना देखी निषेधाज्ञा लागु गरिएको थियो । तर जिल्लाका सबै पालिकाहरुमा कोभिड १९ को संक्रमणदर र मृत्युदर अपेक्षाकृत रुपमा कमी नआएको भन्दै संक्रमण नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचार गर्न भन्दै पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको बैठकले जेठ २७ गते बिहान १ बजेदेखि असार २ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधिमा पनि यसअघिको जस्तै कडाइ गरिएको उहाँले जानकारी दिनुभयो ।
बैठकले यसअघि सातामा दुइ दिनमात्रै खुल्दै आएका जिल्लाका बैंकहरु सातामा तीन दिन खोल्ने निर्णय गरेको छ । जसअनुसार जिल्लामा रहेका बंैकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आइतबार, बुधबार र शुक्रबार बिहान १० देखि देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।