सल्यान २५, जेठ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानले शिक्षकहरुलाई पनि कोरोना भाइरस बिरुद्धको खोपको व्यवस्था गरिदिन माग गरेको छ । मंगलबार नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका अध्यक्ष किशोर कुमार हमाल र सचिव बिन्दुर केसीले प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईलाई ज्ञापन पत्र बुझाउदैँ यस्तो माग गर्नुभएको हो ।
संगठनले लाखौँ बिद्यार्थीहरुको माझमा अग्रपंक्तिमा रहेर काम गर्ने बर्गलाई प्राथामिकतामा पारी तत्काल कोरोना भाइरस बिरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । बिद्यार्थीहरुको नतिजा तयार पार्ने तथा बिद्यालयमा गएर शैक्षिक क्रियाकलाप सञ्चालनको लागि उच्चमनोवल बनाउनको लागि आबश्यक वातावरण तयार पार्ने सबै पक्षसंग आग्रह गर्दछौँ ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी होमागाईले शिक्षकहरुले उठाएका मागहरु समय सापेक्ष भएकाले यसको संबोदनका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । संगठनका अनुसार हालसम्म सल्यानमा कोरोनाका कारण ५ जना शिक्षकको मृत्यु भएको छ भने ८३ जना भन्दा बढी शिक्षक संक्रमित रहेका छन् ।
ज्ञापन पत्र