कर्णाली प्रदेश सरकारद्धारा आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

 

सुर्खेत २९, जेठ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कर्णाली प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारलाई प्राथमिकता दिएर आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख कलौनीले कोरोना महामारी न्यूनीकरण, रोकथाम र उपचारको उचित व्यवस्थापन गर्दै आवश्यक औषधि, आपूर्ति तथा उपलब्धता मार्फत नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

कोरोनाका बिरामीलाई निःशुल्क उपचार र खोप उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोनाका कारण रोजगारी गुमाएकालाई मुख्यमन्त्री रोजगार कार्यक्रम, अरु आयआर्जनका विकल्प, एक जिल्ला एक उद्यम गाउँलगायतका कार्यक्रम सञ्चालन, व्यावसायिक कृषि उत्पादन, कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश सरकारले २० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस