सल्यान २९, जेठ ।
यतिबेला विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी छ । यसअघि पनि विभिन्न समयमा भएका घटना र प्रकोपले धेरै क्षेत्रलाई प्रभावित बनाएको थियो । कोरोना भाइरसले नेपालमा अहिले सबैभन्दा धेरै पर्यटन क्षेत्रमा असर पुर्याएको छ । नेपालमा २०७२ को भुकम्प पश्चात उठ्दै गरेको नेपाली पर्यटन क्षेत्र अहिले फेरि कोरोना महामारीका कारण स्थिर अबस्थामा पुगेको छ ।
अहिले सल्यानका धर्मिक तथा पर्यटकिय स्थलहरु जिल्लामा जारी रहेको निषेधाज्ञाका कारण पुर्ण रुपमा बन्द छन् । कोरोना भाइरसको लहर सुरु भएदेखि सल्यानका पर्यटकिय क्षेत्रमा पनि यसले ठुलो असर पारेको छ । जिल्लामा रहेका कुपिण्डे ताल, खौराबाङ मन्दिर, छत्रेश्वरी मन्दिर, कुमाख लेख लगायतका धर्मिक तथा पर्यटकिय स्थलहरु पुर्ण रुपमा बन्द हुदा यी क्षेत्रहरु अहिले सुनसान बन्न थालेका छन् ।
सुनसान सल्यानका धार्मिक तथा पर्यटकिय स्थलहरु :