सल्यान ३१, जेठ ।
सल्यानमा थप १० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आज १२ जना कोरोना संक्रमित थपिदा १० जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमण बाट निको हुनेको दर बढेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा १० जना निको भएर डिस्चार्जभएसँगै जिल्लामा हालसम्म कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २ हजा ३ सय १९ पुगेको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३ सय ५८ जना रहेका छन् । जसमा जिल्ला अस्पताल सल्यानमा ५ जना, संस्थतागत आइसोलेसनमा २७ जना र होमआइसोलेसनमा ३ सय २६ जना रहेको कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाका कारण ५० जनाको मृत्यु भैसकेको छ ।