जिल्ला अस्पताल सल्यानले भोली देखी नियमित रुपमा सेवा सुचारु गर्ने

सल्यान १, असार ।
जिल्ला अस्पताल सल्यानले बुधवार देखी नियमित रुपमा सेवा सुचारु गर्ने भएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमणदर बढ्दै गएको अवस्थामा ओपिडि लगाएतका सेवाहरु बन्द गरेर अरु बाँकी सेवाहरु निरन्तर रुपमा प्रदान गर्दै आएकोमा जिल्लामा कारोना संक्रमणदर घट्दै गएकाले सेवा नियमित गर्न लागिएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठ र जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले मंगलवार एक सुचना जारी गर्दै बुधवार देखी सेवा सुचारु गर्न लागिएको जानकारी दिनुभएको छ । जसमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुमो पुर्णरुपमा पालना गर्दै सम्पुर्ण सेवाहरु सुचारु गर्न लागिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

सुचना

 

प्रतिक्रिया दिनुहोस