फोनबाट नै सल्यानका ५४ बिद्यालयमा पठनपाठन शुरु

फोनबाट नै पढ्न पाउदाँ बालबालिकाहरु निकैँ उत्साहित

सल्यान १, असार ।

सल्यानका ५४ वटा बिद्यालयमा वैकल्पिक बिधिबाट पठनपाठन शुरु भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको निषेधाज्ञाको समयमा नै जिल्लाका ६ वटा स्थानिय तहका ५४ वटा बिद्यालयमा वैकल्पिक बिधिबाट पठनपाठन शुरु भएको हो । अहिले विद्यार्थी सिकाई सहजिकरणका लागि अभिभावक फोन सम्पर्कवाट बाबालिकाहरुको पठनपाठन शुरु गरिएको हो ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ५४ वटा बिद्यालयमा पठनपाठन शुरु भएको हो । जसमा शारदा नगरपालिकाका १० वटा, बागचौर नगरपालिकाका ६ वटा, सिद्धकुमाख गाँउपालिकाका ५ वटा, छत्रेश्वरी गाँउपालिकाका १४ वटा, त्रिवेणी गाँउपालिकाका १० वटा र कपुरकोट गाँउपालिकाका ९ वटा बिद्यालयमा बैकल्पिक बिधिबाट पठनपाठन शुरु गरिएको हो ।

जसमा कक्षा १ का ८ सय ४२ जना र कक्षा २ का ९ सय ६८ जना गरेर १ हजार ८ सय १० जना बिद्यार्थीहरुले अध्ययन गरिरहेको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेलले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको समयमा अभिभावकहरुसंग घरमै रहेका बालबालिकाहरुलाई उनीहरुको पढाईलेखाइलाई निरन्तरता दिन कठिनाई भएको अवस्थामा फोनबाट नै पठनपाठनको शुरु गरिएको जानकारी दिनुभयो ।

‘बालबालिकाहरुलाई फोनबाट नै पढाउन र सिकाउन मिल्ने कुराहरु सिकाई रहेका छौँ, यस कार्यमा अभिभावहरुको पनि राम्रो सहयोग प्राप्त भएको छ’ उहाँले भन्नुभयो ‘सिकाईलाई निरन्तरता दिनको लागि फोनलाई नै बैकल्पिक बिधिको रुपमा लिएका छौँ ।’ सिकाइ जहाँ पनि जहिले पनि, भन्ने मान्यतालाई आत्मसात गर्दै पठनपाठन शुरु गरिएको उहाँको भनाई छ ।

जसका लागि शिक्षकले विद्यार्थीलाई फोन मार्फत गर्नसक्ने शिक्षणसिकाई सहयोग एक वैकल्पिक शिक्षण सिकाई माध्यम कार्यान्वयन निर्देशिका तयार गरी ती विद्यालयका १ सय ८ जना शिक्षकशिक्षिकाहरुलाई अभिभुखिकरण गरिएको थियो । यसबाट उनीहरुले फोनबाट नै बिद्यार्थीहरुलाई नेपालीभाषा शिक्षणको सिकाई क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।

बिद्यार्थीहरुको पढाइ निरन्तरताको लागि फोन बिधिबाट सञ्चालन गरिएको पठनपाठन कार्य महत्वपुर्ण भएको कृष्ण माध्यामिक विद्यालय पोखरीकाँडा की शिक्षिका सिता लम्सालले बताउनुभयो । लामो समयदेखी घरमा वसिरहेका बालबालिकाहरुको सिकाइमा निरन्तरता दिन र विद्यार्थीहरुले पढेको कुरालाई नविर्सिउन भन्नको लागि यो कार्य महत्वपुर्ण भएको उहाँको भनाई छ ।

बिद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई के पढाउने, कसरी पढाउने भनेर अभिभावकहरु अलमलमा परेको अवस्थामा बैकल्पिक पठनपाठन बिधि उपयोगि भएको सिर्जनशिल प्राथमिक विद्यालय लेखटाकुरा की शिक्षिका मिना गिरीले जानकारी दिनुभयो । उहाँले अभिभावकहरुको सम्पर्कबाट पठनपाठन गराउन पाउदाँ थप सजिलो भएको बताउनुभयो ।

कोरोना भाइरसको जोखिमका कारण बिद्यालय कहिले खुल्छन् भन्ने अनिश्चित भएको बेला फोनबाट नै पढ्न पाउदाँ बालबालिकाहरु निकैँ उत्साहित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस