कर्णाली प्रदेशको आगामी बजेट : रु. ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार

तस्वीर सामाजिक सञ्जालबाट

सल्यान १, असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।

पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिनुभएको छ । सरकारले आगामी वर्षका लागि चालु आर्थिक वर्षको बढाएर बजेट ल्याएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको थियो । वजेटमा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथामितामा राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस