सल्यान १, असार ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट सार्वजनिक गरेको छ । असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट ल्याएको हो । कर्णाली प्रदेशले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कोरोना नियन्त्रणलाई प्राथामिकता दिएर वजेट ल्याइएको बताउनुभयो ।
प्रदेश अस्पताल सुर्खेतलाई ५०० शैया तथा सल्यान, दैलेख, जाजरकोट र रुकुमपश्चिम अस्पताललाई १०० शैया र डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शैयाका रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताउनुभयो । यस्तै प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने भएको छ ।
त्यस्तै कोरोना महामारीबाट नागरिकको जिउनको रक्षा गर्न सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको छ । कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीलाई तलबको शतप्रतिशत जोखिमभक्ता दिने घोषणा प्रदेश सरकारले गरेको छ ।