कर्णाली प्रदेशको बजेट : सल्यानका दुध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैँया अनुदान

प्रदेशभर सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो !

सल्यान २, असार ।
कर्णाली प्रदेश सरकारले सल्यानका दुध उत्पादक किसानहरुलाई प्रतिलिटर ३ रुपैँया अनुदान दिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै गाई भैँसी पालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्दै सल्यान, रुकुमपश्चिम, जाजारकोट, दैलेख र सुर्खेतका दुध उत्पादक किसानहरुलाई प्रतिलिटर ३ रुपैँया अनुदान दिने बताउनुभएको हो ।

यस्तै हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटका किसानहरुलाई प्रतिलिटर १० रुपैँया अनुदान दिने उल्लेख गर्नुभएको छ । यस्तै बोट र गोठमा लगानी गरौँ भन्ने नारालाई आत्मसाथ गर्दै प्रागांरिक खेतीलाई प्रर्बद्धन गर्न जोड दिइएको छ ।


यस्तै कृषक सम्मान कार्यक्रम मार्फत कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको हलो प्रदान गरिने भएको छ । बजेटमा भनिएको छ– ‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरस्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको छ ।’

 

प्रतिक्रिया दिनुहोस