शारदा नगरपालिकाद्धारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

सल्यान २, असार ।
सल्यानको शारदा नगरपालिकाले जिल्ला अस्पताल सल्यानलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोभिड १९ का कारण अक्सिजन आपुर्तिमा देखिएको समस्यालाई मध्यनजर गदै २ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो । नेपाल चिकित्सक सघंले नगरलाई पठाएका ३ वटा कन्सन्ट्रेटर मध्य एक कन्सन्ट्रेटर मेसिन नगरले स्थापना गरेको आइसोलेसनमा राखिएको र वाँकी दुइवटा मेसिन अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले जानकारी दिनुभयो ।

शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठलाई ती कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस