पहिरोका कारण सल्यान–दाङ सडकखण्ड अबरुद्ध : सुचारु गर्न समय लाग्ने

सल्यान ३, असार ।
लगातारको वर्षा र त्यसपछीको पहिरोको कारण राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड फेरी अबरुद्ध भएको छ । दाङ–सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका–३, बसारे नजिकै पहिरो झरेपछि सडक अबरुद्ध भएको हो । मंगलवार देखी सडक अबरुद्ध भएकोमा बुधबार दिउसोँ पहिरो हटाएर सडक सुचारु गरेको केही घण्टामा नै फेरी अबरुद्ध भएको थियो ।

पहिरोका कारण दुई गाडीमा क्षति पुगेको छ । पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न एम्बुलेन्स र ना १ ख ८७८६ न. को टिप्परमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । मंगलबार गएको पहिरोभन्दा करिब ५०० मिटर पर आएको अर्को पहिरोले गाडीमा क्षति पु¥याएको हो । पानी निरन्तर परिरहँदा सडक खुलाउन समस्या भएको छ । जिल्लाका केही ग्रामिण सडकहरु पनि अबरुद्ध भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस