सल्यान प्रहरीको सक्रियतामा पहिरोले क्षती गरेका ४ गाडि निकालियो : सल्यान–दाङ सडक खुलाउने प्रयास अझै जारी

सल्यान ३, असार ।
सल्यान प्रहरीले पहिरोका कारण क्षति भएका ४ वटा गाडि निकालेको छ । केही दिन यताको अबिरल बर्षा र त्यपछि आएको पहिरोका कारण सल्यानको कपुरकोट गाउपालिका ३ बसेरा स्थित सल्यान–दाङ सडकखण्डमा आज बिहान करिब ५ वजे ती आएको पहिरोले पार्किङ गरेर राखेका ४ वटा गाडीमा क्षती गरेको थियो ।


प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक याम बहादुर बस्नेतको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले जेसिविको सहायतामा ती गाडीहरुलाई निकालेको हो । जसमा रा १ ज १६२ नंम्बरको एम्बुलेन्स, ना १ ख ८७८६ नम्बरको टिप्पर र अरु २ वटा मिनिट्रकहरूलाई पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


अहिले यस सडकखण्ड बन्द रहेको छ । साथै प्रहरी टोलीद्वारा बाटो खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

तस्वीर जिल्ला प्रहरी कार्यालय सल्यानको फेसबुकबाट

 

 

प्रतिक्रिया दिनुहोस