शारदा नदिको बिचमा ११ जना अलपत्र : उद्धारको लागि हेलिकप्टर माग

सल्यान ३, असार ।
सल्यानको शारदा नदिको बिचमा ११ जना अलपत्र परेको छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको विचमा स्थानियहरु अलपत्र परेका हुन् । खेतमा धान रोप्नको लागि बिहान दुई हंगालोको बिचमा पुगको उनीहरु शारदा नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


अलपत्र परेकाहरु १२ जना मध्ये १ जनाको डोरीको माध्यमबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाँकी ३ जना महिला र ८ जना पुरुष गरेर ११ जना नदिको बिच भागमा अलपत्र परेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । उहाँले ती अलपत्र परेका नागरिकहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको जानकारी दिनुभयो ।


यसैविच प्रमुख जिल्ला अधिकारी होमागाईले अलपत्र परेका ती नागरिकहरुको उद्धारको लागि हेलिकप्टर माग गरिएपनि बर्षातका कारण आउन नसकेको जानकारी दिनुभयो । शारदा नदिमा पानीको सतह बढ्दै गएकाले उद्धारको लागि प्रयास भैरहेको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस