सल्यान ३, असार ।
अहिले सल्यान लगायत देशका विभिन्न ठाउँहरुमा केही दिनयता लगातार पानी परिरहेको छ । अत्यधिक परेको पानीका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले जनधनको क्षती गरिरहेको छ । मानिसहरुलाई कहिले कोरोना भाइरस त कहिले दैवीप्रकोपले सताइरहेका बेला सल्यानका किसाहरु भने यतिबेला असारको मानो रोपेर मुरी उब्जाउने तयारीमा जुटेका छन् ।
अहिले सल्यानका विभिन्न ठाउँमा रहेका खेतहरु पानीले भरिएका छन् । खेतमा राखिएका रोपो हरियो भएको छ । खेतका आलिहरु माटोले पोतिए पछि खेतहरु झनै सुन्दर देखिन थालेका छन् । बिहान देखि साझ सम्म, निर्थुक्क पानीमा रुझ्दै सल्यानका किसानहरु अहिले धान रोप्ने तयारीमा जुटेका हुन् । सल्यानका किसानहरु यो बर्ष असार महिना भन्दा अगावै निरन्तर रुपमा पानी परिरहेका कारण पनि आ–आफ्नो खेतको काममा ब्यस्थ हुन थालेका हुन ।
]