पहिरोका कारण सल्यानका दर्जन बढी ग्रामिण सडक अबरुद्ध

सल्यान ६, असार ।
अविरल वर्षाका कारण सल्यानका दर्जन बढी ग्रामिण सडकहरु अबरुद्ध भएका छन् । जिल्लाको सदरमुकाम सँगै प्रमुख ब्यापारिक केन्द्रहरु संग जोडिएका जिल्लाका ग्रामिण सडकहरु अबरुद्ध बनेका हुन् । जिल्लाको त्रिवेणी–काभ्रा–रामपुर, लान्ती–दहखोला लुहाम–पिमखोला, कालीमाटी–दम्दवाली, रागेचौर–चौरजहारी, खलंगा–लक्ष्मीपुर, रामेखोला–ओखरेनी, चाक्लिघाट–कुमाख, लगाएतका ग्रामिण सडकहरुमा पहिरो झरेको छ ।

स्थानियका अनुसार पहिरोले सडकको ठाँउ ठाँउमा क्षती गरेको छ । सडकमा आएको पहिरोलाई हटाएर मर्मत गर्नको लागि स्थानिय सरकार मौन रहेको उनीहरुको गुणासो छ । सडकमा पहिरो झर्दा कतिपय ठाँउमा पुर्ण रुपमा बन्द भएको र कतिपय ठाँउ जोखिमपुर्ण भएकाले यसको मर्मतसम्भारको लागि स्थानिय सरकारले पहल गर्नुपर्ने स्थानियको भनाई छ । सडकमा पहिरो झर्दा स्थानियलाई बजार सम्म आउजाउ गर्न समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस