राउटे समुदाय १० बर्ष पछि सल्यान फर्किए

सल्यान ८, असार ।
जंगलमा घुमन्ते जिवन विताउदै आएका राउटे समुदाय करिब १० बर्षपछि सल्यान फर्किएका छन् । २०६७/०६८ सालमा तीर सल्यानको कालिमाटी लगाएत जिल्लाका विभिन्न ठाउँमा वसेका उनीहरू १० वर्षपछि पुनः सल्यानमा वस्ती नै सारेर फर्किएका हुन् ।


सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नम्बर ११ स्थित भेरी नदिको किनारमा बस्दै आएका उनीहरु आज मंगलवार मात्रै सल्यानको कालिमाटी गाउपालिका ५ काल्चेडाँडामा वस्ती स्थान्तरण गरेर आएको लामो समयदेखी राउटेको संरक्षणमा योगदान पुर्याउदै आउनु भएकी तथा राउटे समुदायकी जानकार सतीदेवी अधिकारीले जानकारी दिनुभयो ।


राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् । यिनीहरू मुख्यरूपले मध्य–पश्चिमको सल्यान तथा आसपासका सुर्खेत, दाङ्ग, जाजरकोट र दैलेख जिल्लामा जंगली क्षेत्रमा बस्ने गर्दछन् । राउटेको जनसंख्या झण्डै डेढ सय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस