सल्यान ९, असार ।
सल्यानको बागचौर नगरपालिकाले उन्नत जातका भैसीँ वितरण गरेको छ । एक स्थानीय तह एक पशु सेवा बाली उत्पादन कार्यक्रम अन्तर्गत बागचौर नगरपालिकाको वडा नम्बर ९हरिपुर टोल र धामिढुङ्गा टोलमा एक कार्यक्रमका बिच किसानहरुलाई उन्नत जातका भैसी वितरण गरिएको हो ।
जसमा ४० वटा भैँसी, २ वटा प्रजनन राँगो, ५० वटा छत सहितको भकारो निर्माण, औषधी क्याल्सियम भिटामिन ५ लिटरको ५० थान, मिल्क क्यान ५ लिटरको ५० थानको साथै मिनरल बल्क र डाले घाँसका बेर्नाहरू समेत उपलब्ध गराइएको बागचौर नगरपालिकाले जनाएको छ ।
सो अबशरमा बोल्दै नगरप्रमुख लोकमान बुढाथोकीले एक स्थानीय तह, एक पशु सेवा बाली उत्पादन कार्यक्रमले जनताको जिविकोपार्जनमा सहयोग पुर्याउने बताउनुभएको छ । भैँसीको पकेट क्षेत्र निर्धारण गर्नुका साथै यो क्षेत्रमा उन्नत जातका भैँसीपालन गरी यहाँबाट उत्पादन हुने दूध, बागचौर नरपालिकाको बजार डेरी सम्म पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
यो कार्यक्रम सञ्चालनको लागि बागचौर नगरपालिकाले रु २५ लाख, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको रु २० लाख र कार्यक्रम सञ्चालक समिति बगेश्वरी भैँसी पालनको रु २९ लाख गरी जम्मा ७४ लाख बराबरको लागतमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सो अबशरमा नगर उपप्रमुख कल्पना पुन, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्याय, लेखापाल प्रेम बहादुर डाँगी, पशु सेवा शाखाका प्रमुख टेक बहादुर बस्नेत, पशु सेवा शाखाका ना.प्रा.स लोकेन्द्र डाँगी, बागचौर नगरपालिकाका इन्जिनियर ज्ञानु बस्नेत, सूचना प्रविधि अधिकृत तिर्थराज डाँगी, सब–इन्जिनियर भूपेन्द्र प्रकाश डिसी लगायतको उपस्थिति रहेको थियो ।