सल्यानमा निषेधाज्ञा केहि खुकुलो : जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न पाइने

सल्यान ९, असार ।
सल्यानमा पुनः निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संंकट व्यवस्थापन समिति सल्यानको आज खलंगामा सम्पन्न बैठकले असार २० गतेसम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय भोली असार १० गते राति १२ बजे सकिन लागेकोमा प्रशासनले अझै १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

पहिलो पटक बैशाख १९ गतेबाट सुरु भएको निषेधाज्ञा आज सहित छैटौं पटक थप भइसकेको छ । अव भने निषेधाज्ञालाई केहि खुकुलो पारिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले हरेक दिन बिहान ६ बजेदेखि दिउसोँ २ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै जिल्लामा जोर बिजोर प्रणालीबाट निजि सवारीसाधन सञ्चालन गर्न पाउने प्रशासनले निर्णय गरेको छ । हलुका निजी सवारी साधन र मोटर साइकल जोर बारका दिन जोर नम्बरका र बिजोर बारका दिन बिजोर नम्बरका निजी सवारीसाधन सञ्चालन गर्न पाइने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस