मोख्ला–दमाचौर–झ्याम सडक : सुपरभाइजर चन्दमाथि हातपात

सल्यान ९, असार ।
पुर्वाधार विकास कार्यालय सल्यानका सुपरभाइजर बिनोद चन्द माथि हातपात भएको छ । जिल्लाको मोख्ला, दमाचौर झ्याम सडक खण्डको ग्रावेलको क्रममा ढुंगामुडा सहित आएकाले स्थानियले सडकको ग्रावेल स्थलमा खटिएका सुपरभाइजर चन्द माथि हातपात गरेका हुन् । आज दिउसोँ ३ वजे तीर झण्डै ५० बढी आएका स्थानियको समुहले चन्द सहित कामको रेखदेख गर्दै आएका बिजय केसी माथि पनि हातपात गरेको जनाइएको छ ।

स्थानियले अपशब्द बोल्दै हातपात गरेको सुपरभाइजर चन्दले जानकारी दिनुभयो । यता स्थानिय केपि शर्माले स्थानियको आबेगका कारण हात हालाहालको अवस्था सिर्जना भएको भएपनि हातपात भने नभएको बताउनुभएको छ । उहाँले जनता आक्रोसित भएका कारण एकजुट भएर आएको भएपनि हातपात भने नभएको बताउनुभएको हो ।

मोख्ला, दमाचौर झ्याम सडक ग्रावेलको क्रममा निर्माण कम्पनीले कमसल खालको सामान प्रयोग गरेको भन्दै स्थानियले बिरोध गरेका थिए । यस सडक ग्रावेलको काम बगेश्वरी कन्ट्रसन एण्ड सप्लायर्सले लिएको छ । कुल ४ करोडको लागतमा सडक ग्रावेल गर्न थालिएको छ ।

यता पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख बिनोद पुनले फिल्डमा खटिएका सुपरभाइजर माथि हातपात हुनु दुखद भएको बताउनुभएको छ । सडक ग्रावेलको क्रममा कुनै त्रुटि भए उजुरी गर्ने बिभिन्न निकाय हुदाहुदैँ पनि फिल्डमा खटिएका सुपरभाइजर माथि हातपात हुनु राम्रो पक्ष नभएको बताउनुभएको छ । यस सडकको भर्खर ग्रावेलको काम शुरुवात भएकाले यसको गुणस्तरीयता कायम गर्नको लागि अनुगमण, निरिक्षण गर्ने पाटो कार्यालयको भएको उहाँको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस