शारदा नगरपालिकाको निती कार्यक्रम : स्वास्थ्य क्षेत्र प्राथामिकतामा

सल्यान १०, असार ।
सल्यानको शारदा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर निति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीवार नवौँ नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सुरेश अधिकारीले स्वास्थ्य सहित क्रमागत योजनालाई पुरा गर्नेगरि निति तथा कार्यक्रम ल्याइएको बताउनुभएको हो । जसमा नगरपालिकाले एम्बुलेन्स र शव बाहन गर्ने जनाएको छ । यस्तै प्रविधिलाई सिकाइसँग जोड्न सबै बिद्यालयमा कम्युपटरको ब्यवस्था गरिने, गत बर्षका क्रमागत योजनालाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

यस्तै कृषि तथा पशुपालन, खानेपानी, पर्यटन प्रर्बद्धन र उद्यमशिलताका कार्यक्रमलाई पनि प्राथामिकता दिइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस