सल्यान १०, असार ।
सल्यानको सिद्धकुमाख गाउँपालिकाले निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा सिद्ध कुमाख गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले ३२ करोड ७० लाख रुपैँया बराबरको आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्नुभएको छ । जसमा चालु तर्फ २२ करोड ६७ लाख र पुजीँगत तर्फ १० करोड ३ लाख रुपैँया रहेको छ ।
गाउपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकता दिएको छ । गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिदैँ एक वडा एक नमुना बिद्यालयमा मन्टेश्वरी शिक्षा सञ्चालन गरिने बताउनुभयो ।
यस्तै आर्थिक स्तर सुधारको लागि टिमुर र फलफूल खेतीलाई प्रर्बद्धन गरिने, बाख्रा पकेट र बेमौसमी तरकारी खेतीलाई प्राथामिकता दिइने छ । यस्तै कोल्ड स्टोर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ ।