सल्यानमा आज देखी जोरविजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन

सल्यान ११, असार ।
सल्यानमा आजदेखी जोरविजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन भएका छन् । जिल्लामा कोरोना भाइरस संक्रमणको दर उच्च हुदैँ गएपछि गत बैशाख १९ गतेदेखी जारी निषेधाज्ञालाई केही खुकुलो गराउदैँ जिल्ला प्रशासन कार्यालय सल्यानले आज देखी जोरविजार प्रणालीबाट निजि सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको हो ।

सोही अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हलुका निजी सवारी साधन र मोटर साइकल जोर बारका दिन जोर नम्बरका र बिजोर बारका दिन बिजोर नम्बरका निजी सवारीसाधन सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । प्रशासनले जिल्लाभर मात्रै सवारीसाधन गर्न दिने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस