लुहाम-काभ्रा-रामपुर हुदैँ सुर्खेत जोड्ने सडक डेढ हप्ता देखी अबरुद्ध

सल्यान ११, असार ।
सल्यानको लुहाम काभ्रा कालिमाटी रामपुर हुदैँ कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने सडक डेढ हप्ता देखी अबरुद्ध भएको छ । असार १ गते अविरल बर्षातपछि उर्लिएको शारदा नदिले कटान गर्दा यस सडक पुर्णरुपमा अबरुद्ध भएको हो । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ लुहाम र लोटाउनेको बिचमा झण्डै १५ मिटर बढी सडक नदिले कटान गरेको छ ।

जसका कारण सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक अबरुद्ध भएको झण्डै डेढ हप्ता पुगिसक्दा पनि सुचारु गर्न कुनै पहल नगरेको भन्दै स्थानिय रुष्ट बनेका छन् । सडक बन्दहुदाँ स्थानिय, ब्यापारी, निर्माण ब्यवसायि लगाएत सबैक्षेत्रलाई समस्या भएको छ । असार मसान्त नजिकिदैँ गर्दा निर्माण ब्यवसायि, ब्यापारी, उपभोक्ता समिती लगाएत सरोकारवालाहरु कामको चापमा भएपनि सडकसुचारु नहुदाँ समस्या भएको बताएका छन् ।


सडक अबरुद्ध भएको स्थानमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय, सरोकारवाला कार्यालय, गाउपालिकाका जनप्रतिनिधिहरुले स्थलगत निरिक्षण गरेपनि सुचारु गर्नको लागि कुनै पहल गर्न नसकेको स्थानियको भनाई छ । उनीहरुले बर्षातको समयमा आकस्मिक रुपमा समस्याहरु आइपर्ने भएपनि सडक सुचारु गर्न कुनै निकायले पहल नगरेको गुणासो गरेका छन् ।

यता त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले अबरुद्ध सडक सुचारु गर्नको लागि पहल भैरहेको बताउनुभएको छ । ‘सडक कटान भएको ठाँउका स्थानियले जग्गा दिन मानेन्, मुआब्जा दिएर भएपनि सडक सञ्चालन गर्नको लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा मुआब्जा निर्धारण समिती गठन गरेका छौँ, सडक सुचारुका बिषयमा जिल्लाका सरोकारवाला निकायहरुको संयुक्त बैठक समेत वसेको छ’ उहाँले भन्नुभयो ‘नदिले कटान गरेको स्थानमा तटबन्ध निर्माण भएपछि मात्रै जग्गा दिने जग्गाधनीको अडानका कारण समस्या भएको हो ।’


गाउपालिका भित्रको सडक सुचारु गर्नुपर्ने गाउपालिकाको दायित्व भएको बताउदैँ उहाँले यसको सुचारुको लागि आफुहरुले पहल गरिरहेको बताउनुभएको छ । अबरुद्ध सडक सुचारु गर्न अझै केही दिन लाग्ने उहाँको भनाई रहेको छ । लुहाम काभ्रा जोड्ने अर्को कुनै वैकल्पिक सडक नहुदाँ समस्या भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस