सल्यान १२, असार ।
सल्यानको सदरमुकाममा रहेको शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ । नवौं नगरसभा मार्फत बिहीवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरले शनिबार ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो । नगरसभा मार्फत उपप्रमुख सावित्रा बस्नेतले ५६ करोड ६१ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
उहाँले पुँजीगत तर्फ रु.१६ करोड ३५ लाख र चालु तर्फ रु.४० करोड २६ लाख २३ हजार रहेको बताउनुभयो । नगर उपप्रमुख बस्नेतले स्वास्थ्य, कृषि, रोजगार तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो ।