सल्यान १३, असार ।
सल्यानका मृगौला पिडित एक ब्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । लामो समय देखी दुबै मृगौलामा समस्या भएर उपचाररत शारदा नगरपालिका वडा नम्बर १ चैबाङका ४३ बर्षिय चित्र रेउलेलाई १ लाख ७० हजार बढी आर्थिक सहयोग गरिएको हो ।
कमन युथ ग्रुप सल्यानले दुबै मृगौलामा समस्या भइ उपचाररत उनलाई १ लाख ७० हजार ८ सय १३ रुपैया संकलन गरी हस्तान्तरण गरेको हो । आर्थिक अबस्था कमजोर भएर उपचारमा समस्या भएपछि देश तथा बिदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन गरेर हस्तान्तरण गरिएको एक अभियान्ता भिम बहादुर खडकाले जानकारी दिनुभयो ।
युवाहरुको सामुहिक प्रयासबाट मृगौला पिडितको उपचारमा सहजताका लागि आर्थिक सहयोग गरिएको अर्का अभियान्ता गणेश बहादुर बुढाथोकिले जानकारी दिनुभयो । यस अभियानले यसअघि पनि ब्लड क्यान्सर पिडित किरण नेपालीलाई लागि ८० हजार, ब्लड क्यान्सर पिडित बसन्ती बिकलाई ५० हजार र जिर्ण बनेको खानेपानी ट्याङ्की निर्माणका लागि १ लाख ३० हजार सहयोग गरिसकेको अर्का अभियान्ता महेन्द्र बस्नेतले जानकारी दिनुभयो ।