नेपाली भाषा शिक्षण गर्ने सल्यानका ५४ विद्यालयका शिक्षकहरुको वैठक सम्पन्न

सल्यान १३, असार ।
नेपाली भाषा शिक्षण गर्ने सल्यानका ५४ विद्यालयका शिक्षकहरुको वैठक सम्पन्न भएको छ । सन २०१८ का ३० र सन् २०१९ का २४ विद्यालय गरेर जिल्लाका ५४ वटा बिद्यालयका कक्षा १ र २ मा नेपाली भाषा शिक्षण गर्ने १ सय ८ जना शिक्षकहरुको सहभागितामा साक्षरता कार्यक्रम अन्तर्गत भााषा शिक्षकहरुको भर्चुअल सञ्जाल वैठक सम्पन्न भएको हो ।

बैठकमा निषेधाज्ञाको समयमा घरमै वसिरहेका बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिन र निषेधाज्ञाको अवधिमा साक्षरता कार्यक्रमद्धारा भएगरेका क्रियाकलापहरुको राम्रा अभ्यासका साथै सिकाइहरु एक अर्कामा आदानप्रदान तथा बालबालिकाहरुको सिकाइमा नियमितता दिन शिक्षक, अभिभावक र बालबालिकाहरुले भोगेका चुनौतीका बिषयमा छलफल भएको हो । निषेधाज्ञाको समयमा पनि जिल्लाका ५४ वटा बिद्यालयमा बैकल्पिक बिधि फोनबाट पठनपाठन भैरहेको छ ।

अहिले फोनबाट नै भैरहेको पठनपाठन कार्य प्रभावकारी देखिएको बालकल्याण माद्यामिक बिद्यालय कोटवाराकी भाषा शिक्षिका रिताकुमारी शर्माले बताउनुभयो । कोरोनाका कारण तत्काल बिद्यालय सञ्चालन गरेर पठनपाठन गर्ने अवस्था नभएकाले यो विधिथप प्रभावकारी हुने उहाँको भनाई छ ।

दलित विकास समाज सल्यानका अध्यक्ष निमवहादुर नेपालीले देशभरका शिक्षणसंस्थाहरु बन्द रहेको अबस्थामा साक्षरता कार्यक्रम मार्फत जिल्लामा सञ्चालन गरिएको पठनपाठन प्रभावकारी रहेको बताउनुभयो । सो अबशरमा साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेल, सिनियर साक्षरता कार्यक्रम सहायक तपेन्द्र वलीले प्रस्तुतीकरण गर्नुभएको थियो । वैठकको सहजिकरण साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले गर्नु भएको थियो ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा सल्यानका ६ वटा स्थानिय तहका ५४ वटा बिद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस