सल्यान १४, असार ।
सल्यानमा यस बर्ष दुई लाख बिरुवा रोप्ने तयारी गरिएको छ । बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालय परिसर, वन क्षेत्र तथा स्थानिय नागरिकहरुले गरेर यस बर्ष जिल्लामा करिब दुई लाख बिरुवा रोप्ने तयारी गरिएको हो । वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्धेश्यका साथ बिरुवा रोप्ने तयारी भैरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
आँप, चिली लगाएतका केही प्रजातीका विरुवा बाहेक बाँकी सबै जिल्लामा उत्पादित विरुवा रोप्ने तयारी भैरहेको डिभिजन वन कार्यालय सल्यानका डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिनुभयो । उहाँले बिशेषगरी चौडापाते, जडिबुटिजन्य, बनजन्य तथा फलफूलजन्य विरुवा रोपिने जानकारी दिनुभयो ।
‘बर्षात शुरु भैसकेको छ, यस बर्षको बर्षातमा मात्रै हामीले करिब २ लाख बिरुवा रोप्ने लक्ष्य लिएका छौँ’ उहाँले भन्नुभयो । उहाँले वातावरण हराभरा सँगै उत्पादन दिने र आयआर्जनमा टेवा पु¥याउने खालका बिरुवाहरु रोपिने बताउनुभयो । जिल्लाका बिभिन्न स्थानहरुबाट बृक्षारोपणका लागि स्थानियले बिरुवाको माग गरेको उहाँको भनाई छ ।
राष्ट्रिय बृक्षारोपण बर्ष २०७७ को अबशरमा सोमवार मात्रै जिल्लामा झण्डै १ हजार ५ सय बिरुवा रोपिएको छ । ‘वृक्षारोपण गरि जैविक विविधताको संरक्षण साथै वातावरणीय सन्तुलन कायम गर्न योगदान पु¥याऔँ’ भन्ने नाराका साथ राष्ट्रिय बृक्षारोपण बर्षको बिरुवा रोपेर शुरुवात गरिएको छ । सुन्तला, कागती, आँप, टिमुर लगाएतका बिभिन्न प्रजातीका बिरुवाहरु रोपिएको हो ।
डिभिजन वन कार्यालय सल्यान, वनस्पती अनुसन्धान केन्द्र सल्यान, पहाडी किसानका लागी अनुकुलन आयोजना (आसा) सल्यान र इबिए सल्यानको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यको शुरुवात जिल्ला प्रशासन कार्यालय परिसरमा बिरुवाहरु रोपेर गरिएको थियो । सहभागिताहरुले वातावरणको संरक्षण गर्नका लागि बृक्षारोपण गर्नु महत्वपुर्ण भएको बताएका छन् ।
खास गरेर फलफूलका बिरुवा रोप्दा आम्दानीको स्रोत पनि बन्ने र वातावरण पनि हराभरा हुने भएकाले बृक्षारोपण कार्यमा सबै सहभागी हुनुपर्ने उनीहरुको भनाई छ । सो अबशरमा निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का, जिल्ला न्यायधिस कुलप्रसाद पाण्डे, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागितामा रहेको थियो ।