सल्यान १८, असार ।
सल्यानका ७२ जना बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ । दलित विकास समाजले सल्यान जिल्लाका ६ वटा स्थानिय तहका ७२ जना वालवालिकालाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो । प्राथामिक तहमा अध्ययनरत वावुआमा गुमाइ अरुको आश्रयमा वसोवास गरिरहेका तथा कोभिड संक्रमण भएका अविभावकका र शारदा नगरपालिका तथा वागचौर नगरपालिका भित्र वसोवास गर्ने वादी समुदायका बालबालिकाहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।
जिल्लामा साक्षरता कार्यक्रम सञ्चालन भएका स्थानिय तह तथा साक्षरता कार्यक्रम सञ्चालन नभएका अन्य विद्यालयहरुका वालवालिकाहरुलाई जिल्ला प्रशासन कार्यालय तथा स्थानिय पालिकाहरुको समन्वयमा राहत सामाग्री हस्तान्तरण गरिएको हो । जसमा ती सबै वालवालिकाहरुलाई तीन हजार रुपैँया वरावरको चामल, नुन, तेल, सावुन, मास्क लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको छ ।
रुम टु रिड तथा पढ्नको लागी कोठाको सहयोगमा संचालन भईरहेको साक्षरता कार्यक्रम अन्र्तगत आपतकालिन राहत सहयोग उपलव्ध गराइएको हो भने जिल्ला प्रशासन कार्यालय सल्यान र स्थानीय तह तथा शिक्षाले राहत वितरणका लागी सहजिकरण गरेका थिए ।