कुमाख गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम सार्वजनिक

सल्यान १९, असार ।
सल्यानको कुमाख गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार गाउपालिकाको दशौ गाउँसभामा गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । जसमा गाउँपालिकाले कृषीलाई आर्थिक विकासको मुख्य रुप भन्दै रैथाने बालीको सरक्षण, आधुनिक कृषि व्यवसायबाट उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यस्तै आर्थीक विकासका लागि उद्योग पर्यटन र सहकारीलाई पनि संगसंगै जोड्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
यस्तै एक विद्यालय एक बाल विकास केन्द्र, शैक्षिक गुणस्तरका लागि नियमित अनुगमन, प्रोत्साहन, तालिम भ्रमण तथा गाउँपालिकामा क्याम्पस निर्माणका लागि पनि पहल गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्यको क्षेत्रमा पनि नागरिकको रोगप्रतिरोधी क्षमता वृद्धिका लागि गाउँपालिकाको सम्पुर्ण शक्ती परिचालन गर्नुका साथै शान्ति र समृद्धि कुमाखबासीको आवश्यकता, पूर्ण सरसफाइयुक्त गाउँपालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सन् २०२१ सम्म पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न सरसफाइसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

यस्तै महिला तथा गर्भवती आमाको स्वास्थ्यमा विशेष ख्याल गर्ने जनाइएको नीति तथा कार्यक्रममा गाउँपालिकाको १५ शैयाको अस्पतालबाट दिइने सेवालाई पनि नयाँ भवनबाट व्यवस्थित बनाइने छ । खानेपानी, संस्कृती, लैगिक समानता तथा सामाजिक समावेशीकरण र रोजगार तथा सामाजिक न्याय सम्बन्धी पनि काम गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँसभामा शनिबार उपाध्यक्ष डिल्लीराज जैसीले बजेट प्रस्तुत गर्नुहुने छ ।

 

 

प्रतिक्रिया दिनुहोस