कुमाख गाउपालिकाद्धारा ४६ करोड बढीको बजेट सार्वजनिक

सल्यान १९, असार ।
सल्यानको कुमाख गाउँपालिकाले ४६ करोड भन्दा बढिको बजेट सार्वजनिक गरेको छ । शनिवार गाउपालिकाको दशौँ गाउँपालिकामा आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले ४६ करोड ५० लाख २ हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

जसमा संघिय सरकारबाट प्राप्त हुने सशर्तको १९ करोड ३९ लाख, समानिकरणको १० करोड १५ लाख, राजश्व बाँडफाँडको ८ करोड २० लाख २३ हजार, सशर्त पुँजिगतको १ करोड ७ लाख, समपुरक ४२ लाख र बिशेष १ करोड ५७ लाख गरी जम्मा ४० करोड ८० लाख २३ हजार रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित आयमा सशर्तको १ करोड १८ लाख ८ हजार, समानिकरणको १ करोड ७ लाख ७१ हजार, समपुरक १ करोड ५५ लाख र बिशेष अनुदान ४० लाख गरी जम्मा ४ करोड २० लाख ७९ हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित