सल्यान १९, असार ।
सल्यानको लाइफ लाइनका रुपमा रहेको थारमारे, बडागाउँ हुदैँ रुकुमपश्चिमको चौरजहारी जोड्ने सडकखण्ड अन्तर्गत बागचौर नगरपालिका भित्र पर्ने पुतलीवास आसपासको खण्डमा झण्डै डेढ किमी सडक कालोपत्रे गरिएको छ । यस सडक कुमाख गाउपालिका र दार्मा गाउपालिका जोड्ने मेरुदण्डका रुपमा पनि रहेको छ । अहिले यस सडकको केही क्षेत्र कालोपत्रे गरिएको छ । कालोपत्रे गरिएको क्षेत्र निकै आर्कषक देखिएपछि सडक हेर्ने, फोटो खिच्ने तथा टिकटक बनाउनेहरुको जमघट हुन थालेको छ । कतिपयले यसलाई भाइरल सडक समेत भन्न थालेका छन् ।
बिगतका बर्षदेखी नै यससडकको मर्मत तथा स्तरोन्नतीको लागी करोडौँ रुपयौँ खर्च हुदैँ आएको पुर्वाधार बिकास कार्यालय सल्यानले जनाएको छ । समपुरक बजेट मार्फत यस पटकपनि थारमारे, बडागाउ हुदैँ चौरजहारी सडकमा पनि संघीय सरकारको रु १३ करोड ६५ लाख र प्रदेश सरकारको रु १३ करोड ६५ लाख गरी जम्मा रु २७ करोड २० लाख बिनियोजन भएको छ ।
हेर्नुहोस् तस्वीरहरु :