सल्यानमा खुकुलो बन्दै निषेधाज्ञा : सार्वजनिक सवारीसाधन र होटल सञ्चालन हुने

सल्यान २०, असार ।

सल्यानमा जारी निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ । गएको बैशाख १९ गते देखी जारी निषेधाज्ञालाई खुकुलो बनाउदैँ दश दिन थप गरिएको हो । जिल्ला कोभिड १९ संंकट व्यवस्थापन समिति सल्यानको आइतवार खलंगामा सम्पन्न बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आइतवार राती सकिदैँ छ


निर्णय अनुसार सम्पुर्ण सार्वजनिक तथा निजि सवारी साधनहरु जोर बिजोर प्रणालीबाट जिल्लाभित्र मात्रै बिहान ६ वजे देखी साँझ ६ वजेसम्म सञ्चालन हुन पाउने भएका हुुन् । जसमा जोेर गतेको दिन जोर नम्बरका र बिजोर गतेको दिन बिजार नम्बरका निजी तथा सार्वजनिक सवारीसाधन सन्चालन गर्न पाइने भएको हो । यस्तै होटल तथा रेष्टुरेन्ट, खाजा नास्ता पसल कुल क्षमताकोे ५० प्रतिशत क्षमतामा नबढ्ने गरी स्वास्थ्य मापदण्डका नियम पालना गरि बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित