सल्यानका आठ स्थानिय तहको बजेट साढेँ ३ अर्ब

बागचौर र बन्गाड कुपिण्डेमा आन्तरिक समस्या

सल्यान २०, असार ।
सल्यानका आठ स्थानिय तहले साढेँ तीन अर्व बढीको बजेट सार्वजनिक गरेका छन् । दश स्थानिय तह रहेको सल्यानमा हालसम्म सात गाउपालिका र एक नगरपालिका गरेर आठ स्थानिय तहले नीति तथा कार्यक्रम सहित वजेट सार्वजनिक गरेका छन् । जिल्लाका दुई नगरपालिकाले भने अझै नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छैनन् ।

आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि जिल्लाका आठ स्थानिय तहले ३ अर्ब ६५ करोड ४ लाख ७९ हजार रुपैँया बराबरको बजेट सार्वजनिक गरेका छन् । जसमा शारदा नगरपालिकाले ५६ करोड ६१ लाख २३ हजार रुपैँयाको बजेट सार्वजनिक गरेको छ । यस्तै सिद्ध कुमाख गाउपालिकाले ३२ करोड ७० लाख, त्रिबेणी गाउँपालिकाले ४४ करोड २० लाख २४ हजार, कपुरकोट गाउँपालिकाले ४७ करोड ५५ लाख ५८ हजार रुपैँया बराबरको बजेट सार्वजनिक गरेका छन् ।
यस्तै दार्मा गाउँपालिकाले ३९ करोड ७० लाख ४० हजार, कालिमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख २० हजार, छत्रेश्वरी गाउँपालिकाले ४५ करोड ४२ लाख १२ हजार र कुमाख गाउपालिकाले ४६ करोड ५० लाख २ हजारको बजेट सार्वजनिक गरेका छन् ।

तर आन्तरिक समस्या रहेको भन्दै बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकाले भने अझै नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेका छैन् । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष गोबिन्द डाँगीले आगामी बर्षको बजेटका बिषयमा अहिलेसम्म छलफल नै नभएको बताउनुएको छ । उहाँले यो महिना नीति, कार्यक्रम र बजेट सार्वजनिक हुने सम्भावना नरहेको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस