सल्यानमा आजदेखी जोरबिजोर प्रणालीबाट सार्वजनिक सवारीसाधन सञ्चालन

सल्यान २१, असार ।
सल्यानमा आजदेखी जोरबिजोर प्रणालीबाट सार्वजनिक सवारीसाधन सञ्चालन गरिएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थामा गत बैशाख १९ गते देखी जारी निषेधाज्ञाका कारण यातायात क्षेत्र ठप्प रहेको थियो । जिल्ला प्रशासन कार्यालय सल्यानको निर्णय अनुसार झण्डै २ महिनापछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट सञ्चालन गरिएको हो ।

जसमा सार्वजनिक तथा निजि सवारीसाधनहरु जोरबिजोर प्रणालीबाट जिल्लाभित्र मात्रै बिहान ६ वजे देखी साँझ ६ वजेसम्म सञ्चालन हुन पाउने भएका हुुन् । जस अन्र्तगत जोेर गतेको दिन जोर नम्बरका र बिजोर गतेको दिन बिजार नम्बरका निजी तथा सार्वजनिक सवारीसाधन सन्चालन गर्न पाइने भएको हो । जिल्लामा असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस