चिसापानी लिफ्ट खानेपानी योजना सफल : एक सय घरधुरी लाभान्वित हुने

सल्यान २१, असार ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ७ ¥यालेमा चिसापानी लिफ्ट खानेपानी योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको १ करोड ७० लाखको लागत स्टामेट अनुसार अहिले खानेपानी योजना निर्माणको काम चलिरहेको हो । यसैक्रममा चिसापानीबाट तोरी छर्ने डाँडामा लिफ्ट मार्फत खानेपानीको सफल परिक्षण गरिएको शारदा नगरपालिका ७ का वडाअध्यक्ष लिला बहादुर रोकाले जानकारी दिनुभयो ।


यस खानेपानी योजनाको गत मंिसर २३ गते पुर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् सल्यान प्रदेशसभा ’ख’ का प्रदेशसभा सदस्य प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको थियो । यस आयोजना मार्फत झण्डै १ सय घरधुरीमा खानेपानी पुग्ने छ । चिसापानी खानेपानी तथा सरफाई उपभोक्ता समितीका अध्यक्ष चित्र बहादुर थापाले एक घर एक धारा अभियान अन्र्तगत प्रत्येक नागरिकहरुको घर घरमा खानेपानी पुर्याउने लक्ष्य रहेको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस