सल्यान २३, असार ।
सल्यानको शारदा नगरपालिकाले नगरपालिका भित्रका बिद्यालयलाई ल्याप्टप वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच नगरभित्र रहेका २१ वटा बिद्यालयहरुलाई ल्याप्टप वितरण गरेको हो । बैकल्पक माध्यमबाट पठनपाठन कार्यलाई सहजता प्रदान गर्न र बिद्यालयलाई प्रविधिमैत्री बनाउनको लागि एक बिद्यालय एक ल्याप्टप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा रहेका निमाबि तह सञ्चालन भएका सबै बिद्यालय र निमावि सञ्चालन नभएका वडाका प्राबि तहका बिद्यालयमा बिद्यार्थी भर्ना संख्याको आधारमा ल्याप्टप वितरण गरिएको नगरपालिकाले जनाएको छ । ल्याप्टप वितरण गर्दै नगरप्रमुख सुरेश अधिकारीले बैकल्पिक विधिबाट शिक्षण सिकाइका कार्यलाई अगाडी बढाउन यसले मद्धत गर्ने बताउनुभएको छ । नगरका बाँकी बिद्यालयहरुलाई पनि क्रमशः प्रविधिमैत्री बनाउदैँ लैजाने शारदा नगरपालिकाले जनाएको छ ।